ट्रेन्डीङ्ग

गिता गौतम,

प्युठान खबर । प्युठान जिल्लाका अधिकांस ठाउँमा हावाहुरीले मकै बाली नष्ट गर्दा किसानहरु चिन्तित बनेका छन । गौमुखी, झिमरुक र स्वर्गद्वारी नगरपालिकाका अधिकांस ठाउँमा हावाहुरिले मकैबाली नष्ट गरेको किसानहरुले बताएका छन । झिम्रुक गाउपालिकाको बादिकोटमा सबैभन्दा  बढी क्षति पुगेको छ भने गौमुखि गाउँपालिकाको खुङमा पनि हावाहुरीले क्षति पुर्याएको छ ।

कोरोनाको कहरसँगै फौजी किरा र सलह किराको क्षतिबाट जेनतेन जोगाएको मकै यो बेला हावाहुरीले क्षति पुर्याएको हो । गाउँपालिकाका कृषि शाखा र वडा अध्यक्षलाइ मकैबालि क्षति पुर्याएको अनुगमन गर्न बोलानएपनि नआएको खुङक कृषक रुमानसिंह कुवरले बताउनुभयो । यस्तै झिमरुक गाउंँपालिकामा पनि कृषि शाखालाई जानकारी गराएपनि अनुगमनको लागि कोहि पनि नगएको कृषक उमानाथ पोख्रेलले जानकारी दिनुहुदै आफहरुले गाउँपालिकाबाट मकै बालिमा भएको क्षति बराबरको क्षतिपूर्ति माग गरेको बताउनुभयो ।

 

त्यस्तै स्वर्गद्वारी नगरपालिकाको लेक र डाडाकाडामा रहेका बस्तीका बारीमा रहेका मकैका सबै बोट भाचिदिएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बेल्बासमा लागेको हुरीले गाउँभरको बारीमा रहेको मकै ढालेर केही पनि ठाडो बोट नरहेको स्थानीय किसान तथा शिक्षक बसन्त कालाथोकीले बताउनुभयो ।

कृषक फनाधर भण्डारीले केही दिन अघिसम्म दिनमा सलह तथा रातमा बदेलबाट जेनतेन सकेजती जोगाएको मकैबाली पछिल्लो समय चलेको हुरीले सखाप पारेको भन्दै पीडा ब्यक्त गर्नुभयो । आफुहरु कोरोनाको कारणले आर्थिक समस्यामा परेको बताउँदै किसानहरुले लगाएको मकैबाली यो वर्ष सलह, बदेल हुँदै हुरीले समेत क्षति पुर्याएको उहाँको भनाइ छ ।

 

भएको बालीनाली यी सवै प्रकोपले सक्काएको जनाउँदै उहाँले जागीर नभएका किसानहरुको परिवारलाइ कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । यो वर्ष किसान एकपछि अर्को मारमा परेको संकटको यो अवस्थामा स्थानीय तथा प्रदेश सरकारले किसानका लागि उचित क्षतिपुर्ती र परिवार लालनपालनको लागि ध्यान दिनुपर्ने किसानहरुको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय