तेजेन्द्र बि. एम.,
प्युठान खबर । मगर संसार (Magar Sansar) Photo Gallery ग्रुपले गुल्मिकी मृगौला पीडित गायिका देवि पल्ली मगरलाई सहयोग रकम हस्तान्तरण गरेको छ । अन्लाईनको दुनियामा यस ग्रुपको चर्छ परिचर्चा निकै बढिरहेको छ । करिब ४ वर्ष अघिदेखि यस ग्रुपद्वारा विभिन्न प्रतियोगिता तथा दुखी, गरिब र बिरामिहरुको लागि निकै राम्रो भुमिका खेल्दै आइरहेको छ ।
यसै सन्दर्भमा केहि दिन अघि गुल्मीका दुबै मृगौला तथा ब्रेस्ट क्यान्सर रोगी गायिका देवी पल्लीमगरलाई सहयोग गरीदिनु भनी एडमिनले गरेको पोस्टको आधारमा अभियान बिनानै अपिलको भरमा विश्वास गरि मगर संसारको माध्यमबाट बिरामि कहा पुर्याईदिनु भनी ग्रुप भित्र रू.७० हजार २ सय छहत्तर जम्मा भएको थियो ।
त्यस सहयोग रकम साउन १२ गते सोमबारको दिन मगर संसारका एडमिन प्रनिष आले मगर र सनम बुढा मगरद्वारा बिरामि देवी पल्ली मगरको निवास काठमाडौ मनमैजूमा पूगी सहयोग रकम हस्तांतरण गरेको हो ।
सहयोगीहरुको नामावली क्रमशः