ट्रेन्डीङ्ग

प्युठान खवर । कर सम्बन्धि सेवा प्रवाह गर्ने उद्देश्य्यले प्युठानमा करदाता सेवा कार्यालय प्युठानमा खुलेको छ । माण्डवी गाउँपालिका ३ स्थित जस्पुरमा प्युठान र रोल्पाका सेवाग्राहीलाइ सहज सेवा प्रदान गर्ने गरी कार्यालय स्थापना भएको हो ।

अबदेखी आय व्यय विरण, कर दाखिला, प्यान दर्ता, नविकरण, खारेजी लगायतका कर सम्बन्धि कार्यका लागि दाङको तुलसिपुर जानुपर्ने प्युठान र रोल्वासीको बाध्यता टरेको छ । कार्यालयबाट कर सम्बन्धि सेवा सहज रुपमा उपलब्ध हुने कार्यालय प्रमुख कर अधिकृत रामहरी मरासिनिले बताउनुभयो ।

 

गत आवको असार १७ गतेदेखि जिल्लामा हाजिर भएर व्यवस्थापनको काम गरीरहनुभएका कर अधिकृत मरासिनिले साउन १ गतेबाट विधिवत सेवा सुरु भइसकेको जानकारी दिनुभयो । यी जिल्लावासीका लागि तुलसिपुरबाट गरीने करिव ९० प्रतिशत काम यहाँको सेवा कार्यालयवाट हुने उहाँको भनाइ छ ।

सेवा कार्यालय खुलेपछी प्युठान र रोल्पा जिल्लाका उद्योगी ब्यवसायीलाइ धेरै सहज हुने प्युठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो । लकडाउनका कारण छुट पाएपनि यहाँका उद्योगी व्यवसायी कर कार्यालय पुग्न नपाएको जानकारी गराउनुहुँदै उहांँले अबदेखि सेवा कार्यालयबाट उक्त छुट समेत सहज रुपमा लिन पाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय