ट्रेन्डीङ्ग

तेजेन्द्र बि.एम.,

प्युठान खवर (डामृ) । नौबहीनी गाउँपालिकाको डामृ र रोल्पा ग्रामीण सडक जोडीएपछी स्थानीय खुसी भएका छन । दुइ जिल्ला जोड्ने सडक नहुँदा यहाँका स्थानीयलाइ मुख्य बजार आउजाउमा समस्या थियो ।

 

यहाँ आर्थिक वर्ष २०७५/०७६ मा नौबहिनी गापा ५ नं वडा कार्यालयबाट विनियोजित ७ लाख रुपैया लागतमा सानो डामृ दवाङदेखी खमपात्ल सम्म करिब २ किलोमीटर नयाँ ट्रयाक संचालनमा आएको वडा अध्यक्ष अन बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।

यस मोटरबाटोलाई निरन्तरता दिदै आ.व. २०७६/०७७ मा पुर्णता दिन वडा कार्यालयले ३० लाख रुपैया बिनियोजन गरेको उहाँले बताउनुभयो । करिब ६ किलोमिटर बाटो पुरा गर्न यो रकम अपुग भएकाले मोटरबाटो सप्पन्न गर्न गाउँपालिकामा थप ६ लाख रुपैया माग गरी ३६ लाख रुपैया लागेको अध्यक्ष घर्तिमगरले जानकारी दिनुभयो ।

 

जिल्लाको बिकट मानिने डामृ गाउँमा बाहाने बजारदेखि २०६५ सालमा मोटरबाटो पुगेको थियो । लुङ्ग बाहानेबाट भीर बिसौनासम्म जिविस र गाविसको सहयोग, भीरबिसौना देखि डामृ गावैसम्म गरीबी निवारण कोषको आर्थिक सहयोगमा २०६५ साल मंसिरमा भेण्डा सम्म मोटरबाटो पुगेपनि रोल्पा सिमानासम्म बाटो जोड्न सकिएको थिएन ।

२०६८ सालमा काब्राफेद ठुलो डामृ सम्म केही चन्दा र साबिक डामृ गाविसको आर्थिक सहयोगमा स्थानीयले मोटरबाटो पुर्याएको पुर्व गाविस अध्यक्ष डिल बहादुर थापा मगर (डिलाराम) ले बताउनुभयो ।

 

यो क्षेत्रको मुख्य व्यापारिक केन्द्र लुङ्ग बाहानेमा आवतजावत गर्न यहाका बासिन्दालाई सास्ती थियो । मोटरबाटो पुगेसँगै यहाँ मालबाहक निजि सवारी साधन गुड्न थालेका छन । अहिले वर्षात भएकाले हिउँद लागेसँगै नियमित रुपमा यहाँबाट रोल्पा प्युठान जिप तथा गाडीहरु सन्चालनमा ल्याउने तयारी स्थानीयले गरेका छन ।

 

रोल्पा जिल्ला लुङ्ग्री गाउपालिकाको केही वडाहरु डामृसङ्ग जोडिएको र आवतजावत गर्न जङ्गलको बाटो निकै कठिनाइ रहेको उपभोक्ता समिति अध्यक्ष दुर्गा रोकामगरले बताउनुभयो । अबदेखि बजार र अस्पताल सम्म आउनका लागि यो बाटो निर्माणले गाउँवासिलाइ सहज बनेको उहाँको भनाइ छ ।

डामृ प्युठान र सिर्प रोल्पाको सिमाना देउराली धुरीमा काब्राफेद ठुलोडामृदेखी करिब १५ लाख लागतमा केहि वर्ष अगाडी बाटो जोडीएपनि रोल्पा पाङ्ग सम्म भने जोडिएको थिएन । रोल्पा जिल्ला लुङ्ग्री गाउपालिका एक र दुई  नं वडाका बासिन्दाहरुलाई समेत सदरमुकाम लिवाङ जान भन्दा प्युठानको व्यापारीक केन्द्र बाग्दुला, विजुवार आउन नयाँ सडकले सुविधा दिएको छ । यो बाटो सन्चालनमा ल्याउन निकै सकस बेहोर्नुपरेको बताउँदै समिति अध्यक्ष रोकामगरले अब भने सबै गाउँवासिलाइ राहत मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय