ट्रेन्डीङ्ग

गिरुप्रसाद भण्डारी
प्यूठान–तराईका जिल्ला ह“ुदै प्यूठानको पहाडी क्षेत्रमा सलह भित्रीएपछि स्थानीय किसानलाई बालीनाली कसरी जोगाउने भन्ने चिन्ता छ । दाङ र अर्घाखा“ची ह“ुदै हुलकाहुल सलह भित्रीएर पहाडी क्षेत्रमा किसानले लगाएको खेतिपातीमा ठूलो क्षति पु¥याएको छ ।

 

जिल्लाको झिमरुक खोलैखोल मंगलबारदेखि सलह गाउ“मा भित्रीएको गौमुखी गाउ“पालिका १ अर्खा पैयूपा“टाका स्थानीय रबिश्वर थापाले बताए । वर्षौ अघि उनका बुबाले सलह आएर बाली खाएपछि गाउ“मा परेको अनिकालको कुरा उनलाइ सुनाएका थिए । थापाका अनुसार विंम २०११ सालमा पनि अर्खामा सलह किरा आएर बालीनाली सखाप पारेको थियो ।

 

७९ वर्षीय थापाले हिजोआज उ,बेला बुबाले गरेको कुरा सम्झीए । ‘त्यती बेला पनि झिमरुक खोलैखोल सलह अर्खा र रजबारा क्षेत्रमा आएर बाली सखाप पारेको सुनाउनुहुन्थ्यो,’उनले भने,‘अहिले पनि त्यतैबाट आएर गाउ“नै सखाप पार्न थाल्यो ।’ उनले सलह आएर गाउ“का पाखापखेरा जताततै भरिएको बताए ।

‘महिनौ मेहनत गरेर लगाएको खेति एक्कैछिन बसेर सखाप पा¥यो,’ उनले भने,‘हेर्दा आसु नै आउछ । पीडा कोसंग पोख्नु ? ।’ उनले फौजी किरा मारेर बल्लबल्ल जोगाएको मकै सलह किसाले खाइदिएको गुनासो पोखे । दुई दिनमै गाउ“को हरीयाली नरहनेगरि सलह भित्रीएकाले अब कसरी गुजारा चलाउने भन्ने चिन्ता गाउ“लेमा सुरु भएको थापाले बताए ।

डाडा“माथीबाट उड्दै सलह बाग्लुङतिर जान खोजेपनि कुइरो लागेर चिसो भएकाले बिजुवार बाग्दुला क्षेत्रबाट आएको सहल फर्केर अर्खा रजबारामै बास बस्ने गरेको स्थानीय सिताराम थापाले बताए । उनले सलह आएपछि गाउका अनिकाल लाग्ने त्रास बढेको सुनाए । गौमुखी­३,रजबाराका जोगेन्द्र मल्लले पनि सलह आएर गाउ“मा हरियाली सखाप पार्न थालेको बताए ।

 

सलहबाट बाली जोगाउने भनेर गाउ“ले दुई दिनदेखि खेतबारीमा धाइरहेपनि जोगाउन नसकेको मल्लले बताए । ‘बाली जोगाउन सकिन्छकी भनेर सबै जना थाली, टिन बजाउ“दै बारीमा बस्यौ,’ उनले भने, ‘धपाउदा धपाउदै सबैका बाली सखाप पारीसक्यो । अहिले सबै जना अनिकाल पर्ने भो भनेर चिन्तामा छौ ।’ लाखौको संख्यमा आएको झुन्डको अगाडि गाउ“लेको केहि नलागेको उनले सुनाए । मल्लकाअनुसार बुधबार पनि सलह आउन क्रम रोकिएको छैन । अघिल्लो दिन आएका पनि यतै बास बसेका छन् ।

जिल्लामा मंगलबार र बुधबार आएको सलहका झुन्डले मकैबाली सखाप बनाएको हो । फोजीकीराबाट जोगाएर धान फाल्न थालेको मकै नष्ट गरेको किसानहरुको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख शुमन खनालले जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रवाट सलह भित्रीएको बताए ।

 

मंगलबार दिउ“सो मल्लरानीमा प्रवेश गरेको झुन्ड प्यूठानमा प्रवेश गरेका मध्य सबै भन्दा ठूलो झुन्ड रहेको खनालले बताए । सलहको ठूलाठूला झुन्डले जिल्लाका धेरै ठाउ“मा बालीनालीमा क्षति पु¥याएको प्रारम्भिक सूचना आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । कृषि ज्ञानकेन्द्रका प्राविधिकलाई फिल्डमा पठाएर क्षतिको विवरण संकलन गर्न लगाएको पन्थले बताए ।

 

जिल्लाको मल्लरानी, ऐरावती सरुमारानी,झिमरुक,गौंमुखी, नौंबहिनी गाउ“पालिका र प्यूठान नगरपालिकाको पहाडी क्षेत्रमा धेरै क्षति पु¥याएको छ । सलह मकैबालीमा बसेपछि किसानहरुले झ्याली, बाजा,थाल, टिन ठटाएर भगाउने प्रयास थालेकोे छन् । तर पनि सलहले क्षति पु¥याउन छाडेको छैन ।

 

मल्लरानी ३, प्यूठाननगरपालिका ८, ९, १०, झिमरुक १, ३, ४, सरुमारानी ३, गौंमुखी १, २, ३ नम्बर वडामा बढि क्षति पु¥याएको किसानहरुले गुनासो गरेको प्रमुख जिल्ला अधिकारी पन्थले बताए । सलह किरा नियन्त्रण गर्न थप के उपाय लगाउन सकिन्छ भन्नेबारे स्थानीय तहहरुस“ग समन्वय गरिरहेको पन्थले बताए । कान्तीपुरमा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय