प्युठान (माझकोट) : चारैतीर हरीयो जंगलको टाँकुरामा अवस्थित झुलेनी क्षेत्र यतिबेला चर्चामा छ । प्युठान जिल्लाको प्यूठान नगरपालिका-६, माझकोट र नौबहीनी गाउँपालिकामा समेत पर्ने यहाँ पुर्वाधार निर्माण भएसँगै पर्यटकीय गन्तव्य बनेको छ । झुलेनीमा भौतिक पूर्वाधार थपिएस“गै आन्तरिक पर्यटक बढिरहेका छन् । यहाँ प्युठान नगरपालिकाले केहि समय पहिले झुलेनीसम्म सडक निर्माण पूरा गरीदिएपछि झुलेनी पुग्न सहज बनेको छ ।
यस्तै नेपाल पर्यटन बोर्ड, प्यूठान नगरपालिका, नौबहिनी गाउ“पालिका र डिभिजन वन कार्यालय प्यूठानबाट समेत मन्दीर, तारबार, पदमार्ग, आरामदायी कुर्ची, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार निर्माण गरीदिएका छन । स्वर्गद्वारी, गौमुखी जोडने पर्यटक पदमार्ग अन्तर्गत झुलेनी देउराली खण्डमा पर्ने यहाँ यतिबेला डिभिजन वन कार्यालय प्युठानबाटै सिंढि निर्माणको काम भइरहेको छ । करिव ५० लाख लागतमा यहाँ सिढि निर्माण कार्य भइरहेको हो । सिढि निर्माणले यस झुलेनी क्षेत्रको आकर्षण र शोभा बढाउने अपेक्षा स्थानीयको रहेको छ ।
हेर्नुहोस भिडियो पर्यटकीय आकर्षणको केन्द्र बनेको झुलेनी कस्तो छ ।