ट्रेन्डीङ्ग

प्यूठान (झिमरुक) ।  झिमरुक गाउँपालिकाको प्रकोष व्यवस्थापन कोषमा लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड मच्छि शाखाले १० हजार रुपैयाँ सहयोग गरेको छ ।  कोरोना विरुद्ध लड्नका लागि गाउँपालिकाले संचालन गरेको कोषमा संस्थाले आर्थिक सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीलाई चेक हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न सहयोग गरिएको बताइएको हो ।

 

कोभिड १९ को रोकथाम तथा उपचार, क्वारेन्टाइनटाइन ब्यवस्थापन, असहाय, विपन्न, तथा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुको लागि लकडाउनको अवधिमा राहत पुगोस् भन्ने उद्देश्यले धेरथोर भएपनि सहयोग गरिएको शाखा प्रमुख किरण कुमार थापाले जानकारी दिनुभयो । लघुवित्तले यस क्षेत्रमा रहेका ग्राहकहरुलाई सुरक्षित भएर कारोवार गर्न समेत आग्रह गरेको छ ।

लक्ष्मी लघुबित्तका कर्मचारीद्वार चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष तिलक जिसिलाइ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय