ट्रेन्डीङ्ग

प्यार अलि खाँन,

प्यूठान खबर । लगातारको लकडाउनले ब्यवसायीहरु धरापमा पर्न लागेको भन्दै लकडाउन खुकुलो गराउन प्युठान उद्योग वाणिज्य सघले पहल थालेको छ । कोरोना सङक्रमणको त्रासमा सरकारले जारी गरेको करिब दुई महिना बढी सम्मको लकडाउनले ब्यवसाय बन्द रहेको हुँदा लकडाउन खुकुलो गराउन अनुरोध गर्ने विषयमा अन्तरक्रिया भएको हो । बिहिवार जुम्रि बजारमा आयोजित ब्यवसायी र पत्रकार बिच भएको अन्तरक्रियामा जोखिम ब्यवस्थापन गरी खुकुलो गराउन सकिने अधिकासको राय आएको थियो ।

 

सरकारले जेठ महिनाभर कर दाखिला गर्न र बैङकहरुले समेत ब्याज र किस्ताको लागि बारम्वार ताकेता गरीरहेकोले आफुहरु दोहोरो तेहेरो मारमा परेको ब्यवसायीहरुको गुनासो थियो । नेपाल उद्योग वाणिज्य महासंघले समेत बजार खुलाउनेबारे आवश्यक परामर्श गर्न सर्कुलर पठाएकोले प्रतिनिधिमुलक अन्तरक्रिया गरीएको संघका अध्यक्ष केदारमान कक्षपतीले बताउनुभयो । छलफलमा उच्च सतर्कता अपनाएर बजार ब्यवसाय खुलाउने विषयमा सकारात्मक राय आएको उहाँले बताउनुभयो ।

 

कोरोनाको बढ्दो संक्रमण तथा जोखिमलाई मूल्यांकन गरि जिल्लामा आयात तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन संघले पहल थाल्ने भएको छ । छलफलमा सहभागी पत्रकार गिरु प्रसाद भण्डारीले जिल्लामा कोभिड १९ को जोखिम दिनानुदिन सङक्रमण बढ्दै गइरहेकाले सुरक्षित विधि अपनाएर मात्र उपभोक्ताहरुलाई सेवा दिन संघलाई सुझाव दिनुभएको छ । यातायात र होटल पुर्ण रुपमा बन्द रहेको अवस्थामा ह्वात्तै बजार खुलाउँदा झन जोखीम रहने भएकाले संघले ब्यवसायीहरुलाइ भइपरी आउने जोखिमको जिम्मा लिन पनि अनुरोध गर्नुभयो ।

 

बजार पुर्ण खुकुलो गराउँदा एउटाको कारणले जिल्लाभर नै सङक्रमण बढ्न सक्ने भएकाले सबै ब्यवसयी र उपभोक्ताहरुलाइ समेत सचेत गराउँदै बिहान बेलुकाको समयमा मात्र बजार खुलाउन सकिने अधिकास सहभागीहरुको सुझाव थियो । छलफलमा आएका सुझाव र संघको निर्णय सहित लकडाउन खुकुलो बनाउन जिल्ला विपत् व्यवस्थापन समितिलाई अनुरोध गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय