
प्युठान (बिजुवार) : पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको विषयलाइ लिएर प्युठानमा संयुक्त राजनैतिक दलित संघर्ष समितीले प्रदर्शन गरेको छ । समितिले जुम्रि बजार देखि बिजुवार सम्म शान्ति पुर्ण बिरोध र्यालि सहित मित्रमणी चोकमा बिरोध सभा गरेको हो । सभामा सयोजक गोपाल बिश्वकर्माले जातीयताको आधारमा कथीत उपुल्लो जाति भनिनेहरुबाट दलित समुदायको ब्यक्तिले अनाहकमा ज्याउन गुमाउनुपरेको टिप्पणी गर्नुभयो । सो घटना निन्दनिय र सुनियोजित भएकाले घटनामा सलग्न सबैलाइ कानुनी दायरामा लिएर कडा भन्दा कडा कार्वाही हुनुपर्ने माग गर्नुभयो ।
जेठ १० गते शनिवार भएको उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो । सो घटनामा सम्लग्न जोसुकै भएपनि दोषिलाइ कानुन अनुसार अबिलम्भ कार्वाहीको माग गर्दै प्रदर्शन गरीएको हो । आफ्नी १७ वर्षीया प्रेमिकालाई बेहुलीका रूपमा भगाउन नवराजसहित सोती पुगेका युवामाथि गाउँलेले आक्रमण गर्दा घटनामा भेरी नगरपालिका–४ का नवराज विक सहित ६ जनाको मृत्यु भएको थियो ।
उनीहरु सबैको सव भेरी नदीमा फेला परेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ । किटानि परेका मध्य केहि अझै पनि फरार रहेका छन ।

बिजुवार प्युठानमा आयोजित शान्तिपुर्ण र्यालि