ट्रेन्डीङ्ग

बिमल प्रसाद पोख्रेल,
प्युठान (स्वर्गद्वारी) । जिल्लाको प्रमुख पर्यटकिय धार्मिक तिर्थस्थल स्वर्गद्वारी जाने बाटो धमाधम कालोपत्रे भइरहेको छ । भिंगृ-स्वर्गद्वारी सडक खण्डको धरमपानीसम्म १४ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भइरहेको हो । बिगतमा कच्ची सडकमा यात्रा गर्नुपर्ने यस सडकमा अबदेखि सरर्र पिचमा जान सकिने भएको छ ।

सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर हेमन्त आरसिका अनुसार डबल विटुविन सर्भिस ट्रिटमेन्ट विधिबाट यो सडक कालोपत्रे भइरहेको छ । उहाँका अनुसार सडकको चौडाई ५.५ मिटर फराकिलो रहेको छ । अहिले लकडाउन भइरहेपनि विकासको काम गर्न सरकारको निर्देशनपछि बैशाखको २६ गतेबाट यो सडक खण्डको काम सुरु गरीएको हो ।


जिल्लाको सबैभन्दा ब्यस्त सडक मानिने यो सडक खण्डमा लकडाउनका कारण सर्वसाधारण र तिर्थालुहरुको ओहोर दोहोर नभएकोले काम गर्न सजिलो भएको छ । तर कामदारको अभाव हुँदा भने तिब्र गतिमा काम हुन सकेको छैन । अहिले भिंगृदेखि धरमपानी सम्म स्थानीय सहित करिब सय जनाभन्दा बढी कामदारले काम गरीरहेका छन् ।

३ वर्षे योजना अन्तर्गत पहिलो चरण १२ कि.मि.का लागि १४ करोड ५६ लाख र दोस्रो चरण २.५ कि.मि.का लागि ५ करोड ८७ लाख रकम भ्याट बाहेक टेण्डर गरीएको थियो । आउँदो असोज महिना सम्म काम सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ । इन्जिनियर आरसिको अनुसार अहिलेसम्म करिब ३० प्रतिशत कालोपत्रेको काम सम्पन्न भएको छ । पुर्वाधार निर्माण स्टक्चरको काम भने लगभग पुरै सम्पन्न भएको छ । सडक कालोपत्रेका लागि ओएसिस इन्जिनियर्स एण्ड विल्डर्स प्रा.लि. काठमाण्डौले ठेक्का पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय