ट्रेन्डीङ्ग

प्युठान खबर । पछिल्लो समय लोकसंगितको बजारमा एकपछि अर्को गर्दै नयाँ सर्जकहरु थपिने क्रम बढ्दो छ । नयाँ सर्जकहरुले आफ्ना प्रतिभाहरु युटुव मार्फत सार्वजनिक गर्दै आइरहेका छन । सांगितिक बजारमा नेपाली लोकगित संगितको चर्चा परिचर्चा युटुव भ्युजका आधारमा हुने प्रचलन बढेको छ ।

युटुव मार्फत सार्जनिक हुने नयाँ गितसंगित र भिडियोहरु दर्शकहरुले जति धेरै मायाँ पाउँछन गित पनि त्यसै अनुसार चलेको भनिन्छ । यसै बिच प्युठानि सर्जक टेलिसिरिलयलमा ब्यस्त प्रतिभा बेगम आइडुले पनि नयाँ गित सार्वजनिक गरेका छन । I Do Online मार्फत सार्वजनिक गरीएको भिडियो छोटो समयै दर्शकहरुको मन जित्न सफल भएको छ ।

 

लोकप्रिय गायक गायिका विजय राहु मगर र कालिका रोकाको सुमधुर स्वरमा सजिएको गितमा गायक स्वयम विजय राहु मगरको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । “तिमले दिएको जाले रुमाल” नामक  गितमा मायाप्रेमका कहानि र विषयवस्तुलाई टपक्क टिपेर बनाइएको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दर्शकहरुले मन पराउने हुँदा यस गित सार्वजनिक भएको ३ दिनमै १० हजार बढिले हेरीसकेका छन ।

 

आशा खड्का (सुकुमाया) को उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित मोडेल आशा खड्का , सुवास नेपालि , बेगम आईडु , सृजना पाण्डे , रिता सिवाकोटीले अभिनय गर्नुभएको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ ।

 

गित हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=4ouogjR2Xsk

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय