ट्रेन्डीङ्ग

प्युठान खवर । जिल्लामा पछील्लो एक हप्तादेखि भारतबाट प्युठानबासी घर फर्कने क्रम बढ्दो छ । प्युठानबाट कामका लागि बिभिन्न ठाउँ गएका र काठमाण्डौबाट गाउँ आएका आफ्ना नागरिकलाइ सम्हाल्न स्थानीय तहलाइ हम्मे हम्मे भइरहेका बेला भारतबाट हजारौको सख्यामा नागरिक भित्रिएपछी झन सकस परेको छ । भारतीय सीमाबाट उद्धार गरी ल्याइएका यिनीहरुमा कोभिड–१९ को सङ्क्रमणको जोखिम र उनिहरुलाइ क्वारेन्टाइनमा ब्यवस्थापन गर्न मुस्किल परेको छ ।

 

पछील्लो बैशाक महिना यता जेठ १३ गते बेलुका सम्म ३ हजार २ सय ४८ जना स्थानीय गाउँ भित्रिएका छन । उनिहरु सबैलाइ गाउँको स्कुल र सामुदायिक भवनमा स्थापना गरीएको क्वारेन्टाइनमा राखिएको छ । अँझै पनि सिमा नाकामा आफुहरु अलपत्र परेको भन्दै सामाजिक सन्जालमा खवर दिनेहरु कमि भएका छैनन ।
जिल्ला प्रहरी कार्यालय अनुसार दैनिक सयौको संख्यामा प्युठानिहरू जिल्ला भित्रिएका छन । भारतबाट रेल यातायात सञ्चालन भएपछि भारतको विभिन्न शहरमा कामका लागि गएका जिल्लावासी स्वदेश फर्कने क्रम बढ्दो छ । आजभोलि प्युठानको मुख्य बजार बाग्दुलामा भारतबाट फर्कनेहरुको ताती नै लागेको देखिन्छ ।

 

सीमाबाट भित्रिइरहेका यिनिहरुलाइ समुदायमा मिसिन नदिन उचित ब्यवस्थापन र सावधानि नअपनाउने हो भने जिल्लाको अवस्था भयावह हुने अनुमान स्थानीयले गरेका छन । यसैबिच प्युठानको छिमेकि जिल्ला दाङ, गुल्मि, अर्घाखाचि र कपिलजस्तुमा समेत कोरोना संक्रमण पोजेटिभ भेछिएको खबर छदैछ । जसका लागि प्रहरी स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र सामाजिक अभियन्ताहरु सजग ध्यान दिनुपर्ने देखिन्छ ।

प्युठानमा अहिलेसम्म भारत तथा अन्य देशबाट फिर्ता हुनेको संख्या ३ हजार २ सय ४८ जना रहेको छ भने २०७७ बैशाख २२ गतेदेखि जेठ १३ गते बेलुका सम्म ३ हजार १ सय ५२ जना रहेका छन् । यो क्रम दैनिक बढिरहेकाले जेठ १३ गते सोमवार बेलुका सम्मको संकलित आकडा रहेको यसै अनुसार बुझ्नु बुझाउनुहुन अनरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय