ट्रेन्डीङ्ग

काठमाडौं । सिरहा जिल्लामा साउदि अरबबाट घर फर्केका एक युवकलाइ ६६ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाही टोलका युवकलाइ कोरोना पुष्टि भएको हो । उनी फागुनको २८ गते हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण भई २९ गते घर पुगेका थिए ।

काठमाडौंबाट सार्वजनिक बस चढेर उनी घर पुगेका थिए। घर पुगेपछि उनी गाउँमा बाक्लै हिँडडुल गरेको स्थानीयले बताएका छन्। घर फर्केपछि उनले छरछिमेकका बालबालिकालाई चकलेट बाँडेका थिए। वडा नम्बर १ का अध्यक्ष शुभनारायण यादवले भने, ‘उनी साउदीबाट फर्केको दुई महिनाभन्दा बढी भइसकेको छ। कति मानिसको सम्पर्कमा आए, ठेगान छैन। हाम्रो गाउँ नै बर्बाद हुने भयो।’

गाउँपालिकाका स्वास्थ्य संयोजक हरि चौधरीले युवकलाई शनिबार दिउँसो धनगढीमाई नगरपालिकामा रहेको कोभिड अस्थायी अस्पतालमा लगिएको जानकारी दिएको खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय