ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका अन्तर वडा स्तरीय तेस्रो अध्यक्ष कप-२०८२ सुरु भएको छ । नौबहिनी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजना तथा नौबहिनी गाउँपालिकाको आर्थिक सहयोगमा अध्यक्ष कप अन्तर्गत खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

अध्यक्ष कप अन्तर्गत पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । पुरुष भलिबल तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः ६२, ४२, २२ र १० हजार पुरस्कार राखिएको छ ।  महिला भलिबल तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः ४१, २६, ११ र ६ हजार पुरस्कार राखिएको छ । ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः १५, १० र ६ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

तेस्रो अध्यक्ष कपको उद्घाटन नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले गर्नुभएको छ । भलिबल तर्फ ८ वटा वडाबाट १ पुरुष र १ महिला गरि ८/८ टिम सहभागी हुनेछन् भने नौबहिनी गाउँपालिका स्थानीय तथा गाउँपालिका भित्र रहेर बसोबास गर्ने सरकारी, निजि तथा विभिन्न निकायमा कार्यरत कर्मचारीहरु गरेर ब्याडमिन्टन तर्फ २६ टिम सहभागी छन् । अध्यक्ष कप ३ दिनसम्म (माघ ५ गतेसम्म) निरन्तर जारी रहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय