
नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परिक्षा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
जस अन्तर्गत कक्षा ८ कक्षा तर्फ ज्ञानज्योती आ. वि. प्रथम, लुप्लुङ्ग मावि द्वितीय र बुद्ध आवि तृतीय भएको छ । यता कक्षा ५ तर्फ मोतिप्रकाश प्रावि प्रथम, बुद्ध आवि द्वितीय र गंगा मावि तृतीय भएको छ ।
विद्यार्थी तर्फ कक्षा ८ को छात्र तर्फ गावै माविका संगम पुन (३.६१ जिपिए) र छात्र तर्फ गंगा मावि की छात्रा सोनिया के. सी. ३.७४ जिपिए) लिएर पालिकाभरमा उत्कृष्ट भएका छन् ।
कक्षा ५ को तर्फ छात्र तर्फ लुप्लुङ माविका सिद्धान्त भण्डारी (३.७१ जिपिए) र छात्रा तर्फ गावै मावि की सिया के. सी. (३.७१ जिपिए) लिएर पालिकाभर उत्कृष्ट भएका छन् ।
उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिकाले नगद र सम्मान पत्र प्रदान गरेको थियो ।
सोही कार्यक्रमका बिच पालिकाले उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत नौबहिनी गाउँपालिका-६ नं. वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत असहाय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।