ट्रेन्डीङ्ग

प्यार अलि खाँन,

प्युठान खवर । गौमुखी गाउँपालिकाको विकट गाउँ लैसरामा पहिलो पटक सार्वजनिक बस पुगेको छ। पालिकाको फड्के देखि धनमुढा खलाचौर हुँदै वडा नं ४ स्थित लैसरामा बस पुग्दा स्थानियहरुमा खुसीयाली छाएको जायश्वर जैशीले बताए।

 

‘सवारी धनी तथा बस चालकलाई नागरिक अभिनन्दन गर्यौ।’ पेशाले शिक्षक समेत रहेका जैशीले भने, ‘बस गाँउमा पुगेसंगै स्थानीय उत्पादनको बजारिकरण तथा यातायातमा सहजता पुग्ने छ।’ सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन वडाले सम्वन्धित निकाय समक्ष विशेष पहल गर्ने वडा अध्यक्ष टुकबहादुर केसीले जानकारी दिए।

‘मोटरबाटोको स्तरोन्नती गरि लगत्तै सानापोखरीबाट नियमित बस संचालन गर्ने योजनामा छौं।’ वडा अध्यक्ष केसीले भने।

 

गाउँमा पहिलोटक बस पुर्याउने सवारी चालक तथा बस धनीलाई स्वागत गर्न स्थानीयसंगै गाउँपालिका उपाध्यक्ष तुल्सी सुनार, प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थि, स्थानीय जनप्रतिनिधि एवं लिवासे स्वास्थ्य चौकीमा कार्यरत् डा-सुवास केसीको समते उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय