 
							बिमल प्रसाद पाेख्रेल
प्युठान खबर । झिमरुक गाउपालिका १ बागमाराका ३५ बर्षिय युवा केसर बिसिले तरकारी खेती गर्न थालेको तीन बर्ष बित्यो। उनले आफ्नै पाच रोपनी क्षेत्रफलमा मौसमी एवं बेमौसमी तरकारी लगाएका छन। बारीमा बन्दागोबी,काउलि, टमाटर लगाएतका तरकारी फलेर लटरमै छन।
तिनै तरकारीको रेखदेख र हेरचाहमै उनको दैनिकी बित्छ। तरकारी फलेपछी हिजोआज केशरले मनगये आम्दानी समेत लिन थालिसकेका छन । ४० हजार लगानीबाट तरकारि खेति थालेका उनले अहिले बर्षमा चार पाच लाख रुपैयाँ नगद आम्दानी लिन सफल भएको केशर बताउछन ।
केशरले आफ्नो बारीमा फलेको तरकारी प्युठान सहित छिमेकी जिल्ला गुल्मि र अर्घाखाँचीका विभिन्न बजारमा बिक्री हुने गरेको बताए। ‘तरकारी फलाएर आम्दानी गरेको छु।’उनले भने,’घरखर्च राम्ररी चलेको छ।’
गत माघमा झिमरुक गाउपालिकाले समेत आफ्नै एस के नेपाल कृर्षि फर्म अबलोकन गरेपछि ६ वटा टनेललाई पुग्ने पलास्टिक उपलब्ध गराउने आश्वासन दिएपनी अहिले सम्म आफुले नपाएको केशर सुनाउछन।
‘गाउपालिकाको आशमा टमाटर लगाए,सरकारको भर पर्दा बर्बाद भयो,’ उनि भन्छन, ‘असिनापानी र धुपले टमाटर सुक्न र बेर्ना मर्न थाले’ नोक्सानी भयो नि ।’ उनि भन्छन। गाउपालिकाले आस मात्र देखाउदा लाखाैकाे नाेक्सानि ब्यहोर्नु परेको उनको गुनासो छ।


 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									
 
								

 
												 
												 
												 
												 
												 
												

 
								 
								 
								 
								 
								