ट्रेन्डीङ्ग

प्यार अलि खाँन,

प्युठान खबर । प्यूठानका स्थानीय सरकारहरुलाई प्यूठान उद्योग बाणिज्य संघले सहयोग गर्ने भएको छ। संघको सचिवालय वैठकले दुईवटा नगरपालिकालाई ३५ हजार रुपैयाँ र ७ वटा गाउँपालिकालाई २५ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको अध्यक्ष केदारमान कक्षपतिले जानकारी दिनुभयो । ‘वर्तमान संकटको मिलेर सामाना गर्न केही सहयोग गरिएको हो।’ कक्षपतिले भने, ‘महामारीका विरुद्द हामी सबै संगसगै छौं।’

 

लामो समय लकडाउनका कारण व्यवसायीहरुले भोग्नु परेको समस्या र समाधानका लागि जिल्ला प्रशासन  कार्यालयमा छलफल गरि उचित निकास निकाल्न संघले पहल गर्ने निर्णय लिएको महासचिव कृष्णभक्त गिरीले बताउनुभयो । संघले आन्तरिक राजस्व विभागले जारी गरेको कर विवरण तथा कर बुझाउने सुचनामा प्यूठानी व्यवसायीहरुले कर बुझाउन नसक्ने भन्दै नेपाल उधोग बाणिज्य महासंघको ध्यानाकर्षण गराउने निर्णय लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय