ट्रेन्डीङ्ग

२०७९ मङ्सिर २

तेजेन्द्र बि. एम.

जनता माध्यमिक विद्यालय प्युठान नगरपालिका ८ बाग्दुला प्युठानले जिल्लामै पहिलोपटक ३ दिने कथा लेखन तालीम कार्यशाला सम्पन्न गरेको छ । २०७९ कार्तिक ३० गतेदेखि सुरु गरेको तालिम मङ्सिर २ समापन भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको हो । तालिममा कक्षा ६ देखि १२ सम्मका ४२ जना विद्यार्थीहरुको सहभागिता रहेकोे थियो । तालीम समापन समारोहमा ७ जना प्रशिक्षार्थीहरुले विभिन्न शिर्षकमा कथा लेखेर वाचन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक इन्द्रमणी पोख्रेलले आफू निर्वाचनमा नखटिएकोले सो मौका छोपेर यो तालीम सञ्चालन गरिएको बताउनुभएको छ । विद्यार्थीहरुले रचनात्मक तथा साहित्य लेखन क्षमताको विकास गरुन् भनेर यस तालिमको आयोजना गरिएको समेत उहाँको भनाइ छ । साथै कथा लेखन तालिमबाट प्रभावित भइ उहाले पनि कर्तव्य शिर्षकमा एउटा कथा लेखेर वाचन समेत गर्नुभएको थियो । तालिमका प्रशिक्षक लेखक विजयराज आचार्य रहनुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेखा बसेलको अध्यक्षताबाट सञ्चालन भएको कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र ब्रमाको प्रमुख आतिथ्यतामा  रहेको थियो । साथै कार्यक्रममा बोल्दै नगर उपप्रमुख देवेन्द्र ब्रमा, प्रशिक्षक विजयराज आचार्य, साहित्य परिषद प्युठानका उपाध्यक्ष विमला खनाल, साहित्य सर्जक समिक्षक विपि सेडाई, पत्रकार महासंघ प्युठानका अध्यक्ष संजय रिजाल लगायतका अतिथिहरुले यस्ता कार्यक्रमहरु हुन जरुरी रहेको र आज वाचन भएका हरेक कथाहरूले जातीय, धार्मिक, सामाजिक, सांस्कृतिक विषय सङ्गै मानवीय जिवनशैली बोलेको बताउनुभएको थियो । आगामी दिनहरूमा पनि यस्ता खालका कार्यक्रमहरु जिल्लाभर बिस्तार गर्नमा जोड दिनुपर्ने उहाहरुको भनाई छ ।

साथै विद्यालयले जनता सिर्जनशील समुह समेत गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक संरक्षक र शिक्षक हरि प्रसाद घिमिरे अतिरिक्त क्रियाकलाप संयोजक तथा व्यवस्थापक हुने गरि ७ सदस्यीय समूह गठन गरिएको छ । जसको संयोजकमा कक्षा १२ मा अध्ययनरत सञ्चालिका सुनार, सदस्यहरुमा बिमल रिजाल, सुशील बुढा मगर, निर्मला गुरुङ, सुप्रीया जि. सि., प्रतीक मल्ल र रचना भण्डारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय