ट्रेन्डीङ्ग

प्यूठान खवर । प्युठानमा एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका–६ स्थित क्वारेन्टाइनमा बसेकी  २७ वर्षीया पार्वता थापाको मृत्यु भएको हो । ब्रेन ट्युमरको समस्याले ग्रसित २७ थापाको आज विहान करीव ८ बजे क्वारेन्टाइनमा मृत्यु भएको वडा अध्यक्ष चन्द्र बहादुर रानाले जानकारी दिनुभयो । उहाँको ३ वर्ष अघि पहिलो पटक र अढाई महिना अघि दोस्रो पटक ब्रेन ट्युमरको अप्रेशन गरिएको थियो । अध्यक्ष थापाका अनुसार मृतक थापा क्वारेन्टाइनमा आउँदा नै विरामी अवस्थामा रहेको बुझिएको छ । उहाँ सहितको परिवार ६ दिन अघि गाउँ आएका हुन ।

 

उनीहरु ऐरावती गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । विरामी पार्वता सहित श्रीमान राजु थापा, १० वर्षका छोरा रोहित थापा, ३ वर्षको छोरा शिव थापा, आमा विस्नु कुमारी बस्नेत, भाई सुनिल बस्नेत क्वारेन्टाइनमा बस्दै आएका थिए ।आजै मृतकसँगै बस्दै आएका परिवारको सदस्यको आरडीटी जाँच गरिएको र रिर्पोट नेगेटिभ देखिएको गाउँ पालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय