ट्रेन्डीङ्ग

बुटवल । लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाइ खान र औषधिको समस्या भएकी एक पिडितलाइ गायक तथा सन्चाकर्मि तुलसिंंह रनपछाइको पहलमा औषधि र खद्यान्न दिएर सहयोग गरेका छन । बागलुङ हटिया घर भइ गुल्मी रुपाकोट माइतीघर बताउने बु.उ.न.पा-३ गोलपार्क बमघाट बस्ने सीता क्षेत्रीलाइ युटुव मार्फत नम्बर पाएर संचारकर्मी तुलसिंहलाइ पिडित महिलाले सहयोगको याचना गरेकि थिइन । लकडाउनमा पनि औषधि र खाद्यान्न लिएर सहयोगी सहित उनी बुटवल पुगेका हुन ।

आफुलाई सारै समस्या परेको र बिहान बेलुका छाक टार्न पनि मुस्किल भएको घटना थाहा पाएपछी रनपछाइ सहयोग जुटाएर पिडितको घरमा पुगेका हुन । बिहान बेलुका छाक टार्नु त परै होस औषधि किन्ने समेत पैसा नभएकी पिडितलाइ सहयोग जुटेको हो । श्रीमान बिते पछि घर परिवारले पनि वेवास्ता गरेको र उनी ८/९ बर्ष देखी बिरामीले थला परेकी थिइन । अहिलेका पिडितका २ छोरा सहित आफुलाई ६५ बर्षकी बृद्ध आमाले ज्यालदारि काम गरेर जनतन जोहो गर्दै आएकी थिइन ।

पिडितको खबर पाएसंगै  रनपछाइले लायन्स क्लब अफ बटौलिका अध्यक्ष बिनित भट्टराई र लायन्स क्लब अफ बटौली का 2VP राजु पुनको सहयोगमा करिब दुई महिना लाई पुग्ने औषधि समेत सहयोग गरेका छन् । उनलाइ श्रीधर पोख्रेल,  कृष्ण घिमिरे ,  नारायण खनाल लेकाली , नारायण बिपि परियार, बसन्त पाण्डे , बिद्रोही  घिमिरे , तुलसिंह रनपछाई लगायतले खाद्यान्नको पनि ब्याबस्था गरेका छन् ।  तम्घास टेक्निकलका पुर्व विद्यार्थीहरु हाल बुटवलमा कार्यरत पुर्व विद्यार्थी संगठनले केही नगद सहयोग समेत गरेका छन । साथै लकडाउन पछि उहाँको उपचार समेत बनाइदिने र सहयोगको लागि अभियान चलाउने श्रीधर पोखरेलले बताएका छन् ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय