ट्रेन्डीङ्ग

प्यूठान । आरडिटि किट अभाव रहेको प्युठानमा ३ सय आरडिटि किट आएको छ ।  आरडीटी किट आएपछि आरडीटी जाँच पुनः शुरु हुने भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । किट प्राप्त भएसँगै क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडीटी जाँच शुरु गर्न लागिएको र्यापिड रेस्पोन्स टिमका फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो । यसअघि तीन सय २० किट प्यूठानमा आएको थियो ।

५६ जना परीक्षण विना क्वारेन्टाइनबाट घर फर्किए

यसअघी आरडीटी किट अभाव हुँदा प्युठानमा क्वारेन्टाइनमा रहेका बसेका ५ सय ५६ जना आरडीटी जाँच विना घर फर्किएका थिए । क्वारेन्टाइनमा १४ दिन बसेर उनीहरु जाँच विना घर फर्किएका हुन् । बैशाख २१ देखि २८ गतेसम्म उक्त संख्यामा घर पठाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

स्वर्गद्धारी नगरपालिकाबाट एक सय ३९, माण्डवी गाउँपालिकाबाट ४६, सरुमारानी गाउँपालिकाबाट ८९, ऐरावती गाउँपालिकाबाट ८९, मल्लरानी गाउँपालिकाबाट १४, नौबहिनी गाउँपालिकाबाट ६२, झिमरुक गाउँपालिकाबाट नौ जना र गौमुखी गाउँपालिकाबाट एक सय ८ जना जाँच विना घर गएका हुन् । घर गएर एक हप्ता सुरक्षित बस्ने शर्तमा उनीहरुलाई घर पठाइएको हो । हाल जिल्लामा पाँच सय २६ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय