लोेकेन्द्र जिसि,
नखोक भो मेरो जिउले, बगाएको खुनको कथा,
अँध्यारो मै रमेको छु,नसुनाउ भो जुनको कथा ।
रोटी मागेँ कति चोटि, बसिरहे ओँठ टोकी,
मेरै आँसु नुनिला छन, नसुनाउ भो नुनको कथा ।
लाज ढाक्ने धोती छैन, जाडो छेक्ने टालो छैन,
उपहास पो गर्दैछौ कि, सुनाएर उनको कथा ।
कथाले त बुझ्दोरहेनछ, भोका नाङ्गाका ब्याथा,
सुन्दा सुन्दा थाकिसके, नसुआउ भो गुनका कथा ।
भोको पेटमा दाना छैन, कानमा ढुङ्री चाहिदैन,
नसुनाउ भो कानै फुट्छन, लङ्काको त्यो सुनको कथा।
लेखक लोकेन्द्र जि सी, गौमुखी मा बि ठुलाबेसीमा प्युठानमा अध्यापनरत हुनुहुन्छ ।