
-ज्वाला दुधरासी/अनामनगर
जव,
राजनितीक अभिष्ट लतपतिएको ‘प्रतिगमन’को नाउमा ,
विजयी पत्रकारका नेता भन्नेहरु नै
दैनिक दलका नेताहरुको दैलो चाहार्दै
पत्रकारीताले वाँचेकाहरु संग होईन, राजनितीले वाँचेकाहरुसंग
अविर दलादल गर्छन, आदेश पालनको गर्व गर्छन्
त्यसै दिनदेखी सुरु हुन्छ,
पत्रकारितामा प्रतिगमन्!
महोदय,
अरुको प्रतिगमन देख्न आफैमा प्रतिगमन निम्त्याउने?
जब,
वेतलवी पत्रकारका होईन, वेखर्ची नेताको आवाज गुन्जिन्छन्।
श्रमजिवीका मुद्घाहरु होईन, दलहरुका कुण्ठाको विगुल घन्किन्छ।
खुसी र विजययात्रामा श्रमजिवी कलमसंग हैन, भोका नेताहरु रोषसंगै तम्सिन्छन्।
खास पत्रकारीताका हैन, राजनीतिका खास एजेण्डामा नारा लाग्छन्
त्यसै दिनदेखी हुन्छ पत्रकारीतामा प्रतिगमन्।
अहो!
औँला ठड्याउनुपर्ने नेताहरूसंग, सिर निहुर्याउदै
प्रश्न उठाउनुपर्ने ठाँउमा गला मिलाउदै
पत्रकारहरुलाई स्वतन्त्रताको प्रशिक्षण दिनुपर्नेमा
नेता वोलाएर पक्षधरता सिकाएपछी,
दलिय हस्तक्षपको विरुद्घ पत्रकारले गठवन्धन गर्नुपर्नेमा
दलिय स्वार्थकै निम्ति नेताले पत्रकारको गठवन्धन गरिदिएपछी
सुरुभयो प्रतिगमनको ज्वारभाटा।
पत्रकारितामा प्रतिगमन!