ट्रेन्डीङ्ग

काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन कार्यक्रम रहेकाे छ । बिहान ११ बजे बस्ने संसद बैठकमा सांसदहरुले उठाएका विषयलाई समेटेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

आजकाे संसद बैठकम विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत रहेकाे छ । यस्तै प्रधानमन्त्रीले ओलीले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ जवाफ दिने बताइएकाे छ । दैनिकी डक कमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय