ट्रेन्डीङ्ग

प्युठान खबर । केहिदिन यता देखि अन्लाईनको माध्यमबाट चित्रकला प्रतियोगिता संचालन भैरहेको थियो । मगर संसार (Magar Sansar) Photo Gallery को अथक प्रयास र प्रायोजकहरुको सहयोगले यो प्रतियोगिता रोचकताका साथ सम्पन्न भएको छ ।

“भेषभुषा, भाषा, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गरौ, विश्वभरिका मगरहरुलाई एकजुट गराऔं ।” सोही नारालाई सम्बोधन गर्दै यस पब्लिक ग्रुपले ३ वर्ष यतादेखि विभिन्न खाले कार्यक्रम गर्दै आएको छ । कहिले बिरामीको उपचारका लागि, कहिले दुखी, गरिबलाई सहयोग गर्नकै निमित्त पनि यस्ता कार्यक्रमहरु गर्दै आएको छ । यसपटक पनि प्रथम पुरस्कारको ५० प्रतिशत बिरामीलाई सहयोग गर्नुपर्ने नियम थियो ।

असार २० गतेदेखी २५ गतेसम्म आयोजना गरिएको चित्रकला प्रतियोगितामा पुरस्कारहरु प्रथम, द्वितीय, तृतीय, सान्त्वना र उत्कृष्ट १/१ जनालाई क्रमशः २० हजार, ७ हजार, ५ हजार, ३ हजार र ५ हजार सहित प्रमाण-पत्रको व्यवस्था गरेको थियो । देश तथा विदेशमा रहने सबै उमेर समुहका मगरहरुले भाग लिन पाउने गरि यो प्रतियोगिता संचालन गरेको ग्रुपका संस्थापक एडमिन अनिल लामिछाने मगरले बताउनुभयो ।

विभिन्न जिल्लाका १ सय ९३ जना प्रतियोगीहरुले यस प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगीले प्रथम सहिद लखन थापा मगर, नेपाल मगर संघका संस्थापक हेम बहादुर पुन मगर र जनजाति पुर्व अध्यक्ष/मगर अगुवा गोरे बहादुर खपाङ्गी मगर मध्य कुनै एकको चित्र बनाउनु पर्ने नियम राखेको लामिछाने मगरले बताउनुभयो । प्रतियोगिता रोचक बन्दै गएपछी यसप्रति प्रभावित हुँदै केहिले नगद पुरस्कार र मगर पोशाक समेत सौजन्य गरेका थिए ।

प्रतियोगितामा दैलेखका नवीन घर्ती मगर प्रथम, म्याग्दीका उषा पाइजा पुन मगर द्वितीय, पाल्पाका मुना थापा मगर तृतीय, प्युठानका तेजेन्द्र बुढा मगर सान्त्वना र तनहुँका सञ्जु थापा मगरले उत्कृष्ट बन्दै १ सय ९८ जनालाई पछि पार्दै निम्न स्थान ओगटेका हुन । अझै केही नगद पुरस्कार थप भएको र रोजाईका उत्कृष्ट प्रतियोगीलाई प्रदान गर्ने लामिछाने बताउनुभयो ।

 

प्युठानबाट सान्त्वना लिने तेजेन्द्र बिएम को हुन ?

प्युठान जिल्लाको विकट गाउँ नौबहिनी गाउपालिका वडा नं ५ डामृमा साधारण परिवारमा उनको जन्म भएको थियो । सानैदेखि कलाकारिता क्षेत्रमा चासो राख्ने उनी अहिले आर्ट क्षेत्रको व्यवसायी समेत हुन । विद्यालयहरुमा आयोजना हुने गायन, आर्ट प्रतियोगितामा बिजेता बन्दै केही वर्ष यता नेपाल रेडक्रस सोसाइटी उप-शाखा प्युठानले आयोजना गरेको चित्रकला प्रतियोगितामा पनि उनी द्वितीय भएका थिए ।

 

गायन क्षेत्रमा पनि उनी उत्तिकै अब्बल छन । गाउँघरमा विभिन्न क्लब, संघसंस्थाले आयोजना गरेको लोक दोहोरी गीत प्रतियोगितामा बिजेता बन्दै अहिले जिल्ला स्तरीय प्रतियोगिता समेत हात पारेका उनी राष्ट्रिय स्तरमै भएको प्रतियोगितामा समेत उत्कृष्ट बनिसकेका छन भने ‘दुखी निधारमा’ नामक एल्बम समेत रेकर्ड गरेका उनी गीतहरु सिर्जना पनि गर्छन ।

 

उनी नेपाल मगर सांस्कृतिक संघ जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्थान प्युठान शाखाको पदनिय सदस्य र नौबहिनी गाउपालिकाको अध्यक्ष पनि हुन ।

 

उनी पत्रकारिता पेसामा समेत आवद्ध हुँदै आफ्नै अफिसियल युटुव च्यानल ‘Naubaninee Media’ मा विभिन्न घटनाक्रम र रोचक भिडियोहरु ल्याउने गर्छन । विभिन्न ठाउँमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा पनि उनको माग हुने गर्छ । आफै पनि यस्ता कार्यक्रमहरु जिम्मा लिएर आयोजना गर्ने उनी अन्य जिल्ला स्तरीय संघसंस्थाहरुमा समेत आवद्ध छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय