ट्रेन्डीङ्ग

बौद्धिक तथा सुन्दर पुर्व मिस नेपाल मध्येकी एक हुन् श्रृखला खतिवडा । सन् २०१८ मा श्रृखला मिस नेपालको ताज पहिरीन सफल भएकी थिईन् । उनले पुल्चोक क्याम्पसमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेकी हुन् । पारिवारीक पृष्ठभुमी राजनितिक भएपनि राजनितिमा खासै चासो राख्दिनन् । पछिल्लो समयमा देशमा घटेका घटनाहरुको बारेमा सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति दिदै आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिय श्रृखलाले दैनिक आकर्षक तस्वीरको साथै भावना अभिव्यक्त गर्दै आएकी छिन् । श्रृंखला खतिवडा मिस वर्डको टप १२ मा पुगेर फर्किन सफल भइन् । उनको चर्चा अन्य मिस नेपालको तुलनामा बढिनै भयो ।

भन्नेहरुले त नेकपाकी छोरी भएका कारण पनि यो चर्चा भएको हो भने । यद्यपी श्रृंखलाले भने आफु कसैका कारण चर्चामा नआएको र कसैका कारण मिस नेपाल नजितेको दाबी गर्छिन् । श्रृंखलाले आफु ग्ल्यामर दुनियांमा भ्रखरै आउने सोच नभएको बताइन् । मिस नेपाल हुनुभन्दा एक हप्ताअघि विपश्ना गएकी उनि त्यसपछि मात्रै मिस नेपाल हुन सक्छु भन्ने आँट पलाएको श्रृखला बताउँछिन् । घरपरिवारलाई छोरी यति धेरै जान्ने छ, बोल्न सक्छ भन्ने समेत थाहा थिएन, उनले भनिन्, ‘मिस नेपाल भएपछि एक महिना बुबाले एकमहिनाजति मेरो अन्तरवार्ता हेरिरहनुभएको थियो, म सँग परिवारले पनि नसोचेको क्षमता रहेछ ।’ मिस नेपाल हुन्छु र केहि गर्न सक्छु भन्ने आँटसहित प्रतिस्पर्धामा उत्रिएको उनले बताइन् ।

समाजमा कति गलत चिन्तन र सहि चिन्तन भएका मानिसहरु हुनुहुन्छ, तर हामीले सहि चिन्तन राखेर सकारात्मक भएर काममा लाग्नेहो भने सफल हुन सकिन्छ । श्रृंखलाले मिस वर्ड हुन नसकेपछि मिस नेपालकै स्थानवाट समाजमा राम्रो योगदान दिने बताइन् । उनै सुन्दरी मिस नेपाल श्रृंखालका सामाजिक संजालमा निकै धेरै प्रशंसक छन् । उनलाइ अहिलेसम्मकै सुन्दरी मिस नेपाल भनेर दाबि गर्छन् ।
सामाजिक संजालबाट लिइएका हेराैँ उनका ताजा सुन्दर तस्बिर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय