ट्रेन्डीङ्ग

काठमाण्डौ । देशमा लकडाउनमा छ। सबै सरकार यतिबेला लकडाउन बलियो पार्दै कोरोना संक्रमण रोक्ने प्रयासमा छन्। तर बागमती प्रदेश सरकारका एक जना सचिव भने शनिबार परिवारसहित सरकारी गाडी लिएर काफल खान भन्दै मकवानपुरको उत्तरी क्षेत्र दामन घुम्न निस्केको भेटिए।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्ट लकडाउनमा आफैंले पास बनाएर परिवारसहित घुम्न निस्केका हुन्।काफल किन्दै गर्दा सञ्चारकर्मीहरुलाई देखेपछि तर्केका उनले आफू चुनियाँबाट कैलाश गाउँपालिका जाने सडक अनुगमन गर्न गएको दाबी गरे। त्रिभुवन राजपथको सडकखण्डको चुनियाँबाट कैलाश गाउँपालिकाको सदरमुकाम जोड्न प्रदेश सरकारले यो आर्थिक वर्षमा बजेट दिएको छ।

उक्त सडकको अनुगमनमा जानुको सट्टा सचिव भट्ट परिवारसहित ३० किलोमिटरभन्दा धेरै टाढा उत्तरी क्षेत्रमा दामनसम्म पुगेर आए। सचिव भट्टले सुरुमा आफू अनुमगनमा निस्केको दाबी गरे पनि पछि परिवारसहित हेटौंडामा बसेकोले ‘लकडाउनमा कति बस्ने हेटौंडामा’ भन्दै परिवारलाई सँगै लिएर गएको स्विकारे।

स्रोत थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय