ट्रेन्डीङ्ग

गिता गौतम,

प्युठान खवर । गएराती ट्रयाक्टर दुर्घटनामा परी प्युठानमा ७ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन । भिगृ-स्वर्गद्वारी माेटरवाटाे स्तरउन्नति गर्ने ओसिस कन्ट्रक्सन मार्फत बाटाेमा कामगर्ने राेल्पा रुन्टिगढिका ७ जना ज्यामिकाे घटना स्थलमै ज्यान गएको हो भने १ जना गम्भिर घाइते भएका छन ।

 

मृत्यु हुनेमा चालक कमल कुवर सहित रुन्टिगढी गापा ५ का सागर बस्नेत, रिम बहादुर बस्नेत, बिरेन्द्र बाठा मगर, थमन बाठा मगर, गोर्द्धन बुढामगर, कबिराम बस्नेत रहेका छन ।

 

स्वर्गद्वारी नगरपालिका २ स्थित भिङ्गृकोटबाट धरमपानी जाने क्रममा लु २ च ४२३४ नम्बरको ट्याक्टर धरमपानि नजिक रुमालेमा  घुम्टिमा ट्रयाक्ट दुर्घटना भएको हो । ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।

 

रातभर बर्षाका कारण उद्दार गर्न नसकिएपछी आइतवार बिहानै नेपालल प्रहरी , नेपाली सेना र स्थानियले घटनास्थल बाट शव जम्मा गर्ने कार्य गर्दै छन । घाइतेलाइ उपचारको प्राथमिक स्वास्थ्य केन्द्र भि‌ंगृ लगिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय