ट्रेन्डीङ्ग

प्युठान खवर । प्युठानमा कोरोना संकम्रितको संख्या ३ सय ३२ जना पुगेका छन । बुधवार सरुमारानी गाउँपालिकामा १ जना थपिएसँगै ३ सय ३२ जना पुगेका थिए । बिहिवार भने जिल्लामा कोरोना संक्रमित थपिएका छैनन । हालसम्म कोरोना संक्रमण जितेर घर जानेको संख्या २ सय ९९ जना रहेका छन ।

 

बिहिवार ४ जना निको भइ घर गएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । मल्लरानी र नौबहिनी गाउँपालिकामा Active Case (सकृय केस) सुन्य रहेको बताइएको छ । हालसम्म आइसोलेसनमा रहेका ब्यक्तिको संख्या ३३ जना रहेका छन भने अँझै ९८ जनाको पिसिआर नतिजा आउन बाँकी रहेको छ ।

 

स्वास्थ्य कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार पिसिआर रिपोर्ट नेगेटीभ आउनेहरुको संख्या १ हजार ८ सय ६४ जना रहेका छन ।जिल्लाभर आरडीटी परिक्षण गरीएको संख्या १० हजार २ सय १ रहेकोमा नसल स्वाव परिक्षणका लागि पठाइएको संख्या २ हजार २ सय ९४ जना रहेका छन ।

जिल्लाभर कोरोना कहरको तालिका हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय