
प्युठान खवर । झिमरुक खेलमैदान नजिक खलंगा जोड्ने पुलनेर शुक्रवार दिउँसो हुलका हुल प्रहरी थिए । शसस्त्र प्रहरी र नेपाली सेना पनि उत्तिकै थिए । त्यहाँ स्थानीय पनि धेरै मात्रामा जम्मा भएका थिए । लगातारको वर्षाले झिकरुक नदि पनि उर्लेको थियो । अचानक एकजनालाइ यहि बिचमा झिमरुक नदिले बगायो । त्यहि बेला नेपालि सेना र शसस्त्र प्रहरीका उद्वार टोलि नदिमा हाम फाले ।
नदिले बगाइरहेको ब्यक्तिलाइ उद्वार गर्न सफल भए सेना र प्रहरीको टोली । यो प्युठानमा गरीएको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा विपद प्रतिकार्य संयुक्त अभ्यास थियो । लगातार परेको वर्षाका कारण देशैभर बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेको बेला प्युठानमा पनि जोखिमबाट बच्नको लागि संयुक्त अभ्यास गरीएको हो ।
विपद पूर्व तयारीको लागि नेपाली सेनाको नेतृत्वमा प्यूठानको झिमरुक नदिमा प्रतिकार्य संयुक्त अभ्यास गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लामा विपद् परिहाले कसरी उद्धार गर्ने भन्नेबारे संयुक्तरुपमा अभ्यास गरिएको इन्द्रध्वज गण प्यूठानका प्रमुख सेनानी अर्जुनबिक्रम थापाले बताउनुभयो ।
घरायसी रुपमा खेर गएका सामग्रिहरुलाइ बिपतको जोखिमबाट बच्नको लागि उद्वार सामग्रि बनाइ अभ्यास गरीएको हो । खोला तर्ने क्रममा एक नागरिकलाइ अचानक खोलाले बगाउँदा कसरी उद्वार गर्ने भन्नेबारे संयुक्त रुपमा गरीएको अभ्यास रोचक र अर्थपुर्ण थियो । खाली भएका ड्रम, यतिकै फालिएका रसि, पानीका बोतल, ट्युव लगायतका बस्तुबाट नेपालि सेनाले उद्वार सामग्रि बनाइ गरीएको अभ्यास सफल रुपमा सम्पन्न भएको छ ।