ट्रेन्डीङ्ग

 

प्युठान खवर । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले दिएको रक्तदानले एक सुत्केरी महिलाको ज्यान बचेको छ ।

 

अस्पताल भर्ना भइ अध्यधिक रक्तश्राव हुँदा ज्यान नै जोखिममा रहेकी प्युठान नगरपालिका-३ रातामाटाकी ३८ बर्षिय कमला कुमाललाई प्रनाउ कार्किले शुक्रवार रक्तदान गर्नुभएको हो ।

 

बन्दाबन्दिको यो समयमा रगत अभाव भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भएको प्युठान अस्पतालका डा सुनिल सुनारले जानकारी दिनुभयो । सुत्केरी तथा बिरामी महिलालाई रगत दिन पाउदाँ आफु गौरवान्वित भएको डिएसपी कार्किले बताउनुभयो ।

 

मानविय धर्म निभाउँदा एउटा छोरि वा चेलीको ज्यान जोगिनु खुसिको कुरा भएको बताउँदै उहाँले अहिलेसम्म २० औं पटक रक्तदान गर्नुभएको छ ।

 

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र प्युठानका प्राविधिक आसिष थापाले केन्द्रमा मासिक ३५ युनिट रगतको आवश्यकता पर्ने भएपनि कहिलेकाहीँ अभाव हुँदा रक्तदाता खोजेर बिरामीलाई रगत उपलब्ध गराउने गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय