प्यूठान (रजवारा)। चट्याङ लागेर प्युठानको रजवारामा २ जना घाईते भएका छन । लगातारको झरी सँगै परेको चट्याङ लाग्दा गौमुखी गाउँपालिका वडा नंवर ३ ढाड्खोली निवासी ४३ वर्षका कुल बहादुर सुनार र ३७ वर्षका लक्ष्मण सुनार घाईते भएका हुन।
घरमा सुतिरहेका उनिहरुलाइ शुक्रबार बिहान २ बजेको समयमा चट्याङ लागेको हो । घाईते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।