ट्रेन्डीङ्ग

प्युठान ( खबर) । प्युठानमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३३ पुगेको छ । आइतवार एकैदिन थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित बढेका हुन ।

माण्डवी गाउँपालिकाको लोकभक्त प्राविको क्वारेन्टाइनमा रहेका सात जना पुरुष र स्वर्गद्वारी नगरपालिका स्थित अमर क्याम्पस र जनता माविको क्वारेन्टाइनमा रहेका वडा नम्वर ४ का २७ बर्षिय र वडा नं ८ का २६ वर्षका १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरु १८ देखि ३० बर्ष उमेर समुहका रहेका छन।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । संक्रमितहरु सबै भारतबाट आएका ब्यक्ति हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय