ट्रेन्डीङ्ग

प्युठान खवर । प्युठानका स्थानीय तहलाइ आ.व. २०७७/०७८ का लागि आर्थिक वर्षको लागि २ अर्व ६९ करोड १९ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । जसअनुसार सबैभन्दा बढि प्युठान नगरपालिकाले ४० करोड ५२ लाख र सबैभन्दा थोरै माणडवि गाउपालिकाले २३ करोड ७८ लाख पाउने भएका छन । त्यसैगरि

सरकारले जिल्लाका ९ वटै स्थानिय तहलाई वित्तीय समानीकरण अनुदान,राजस्व बाँडफाड र सशर्त अनुदान बापत सो बजेट प्राप्त हुने भएको हो ।
वित्तीय समानीकरणतर्फ प्राप्त बजेटलाई स्थानीय तहहरूले आफ्नो आवश्यकताअनुसार बजेट निर्माण गरी खर्च गर्नेछन् । सशर्त अनुदानबाट प्राप्त भएको रकम तोकिएका विषयगत कार्यालयहरुको लागि खर्च हुनेछ।

कुन कुन स्थानीय तहले कति कति बजेट पाए ?

– प्युठान नगरपालिका-बिजुवार : ४० कराेड ५२ लाख
– स्वर्गद्वारी नगरपालिमा-भिंगृ : ३४ कराेड ४७ लाख
– झिमरुक गाउँपालिका-मच्छि : ३२ कराेड १ लाख
– नाैबहिनि गाउँपालिका-बहाने : ३१ कराेड ९ लाख
– ऐरावति गाउँपालिका-बराैला : ३१ कराेड ५ लाख
– गाैमुखि गाउँपालिका-ठुलावेशि : २८ कराेड
– सरुमारानी गाउँपालिका-बड्डाडा २४ करोड २२ लाख
– मल्लरानि गाउँपालिका -खलंगा : २४ कराेड ५ लाख
– माण्डवी गाउँपालिका, जस्पुर : २३ करोड ७८ लाख
जम्मा : २ अर्व ६९ कराेड १९ लाख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय