ट्रेन्डीङ्ग

प्युठान खबर । प्यूठान जिल्लामा सञ्चालित सामुदायिक रेडियो कृपालु ९९ मेगाहर्जले पाचौँ वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ । युथ मिडिया डेभेलोमेन्ट सेन्टर नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो कृपालु बिहिवार जेठ १५ गते देखि पाचौँ वर्ष पार गरि छैटौँ वर्षमा प्रवेश गरेको हो ।

रेडियो कृपालुले २०७२ जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारि आफ्नो प्रसारण सुरु गरेको थियो । आमसञ्चारको विकाससंगै सञ्चार माध्यम समेत बढ्दै गइरहेको अवस्थामा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा आम नागरिकलाइ शुसूचित र सञ्चार प्रवाह गर्ने गरि रेडियो स्थापना गरिएको थियो ।

रेडियोलाइ हालसम्म सफल वनाउन विज्ञापन दाता, श्रोता र सुभचिन्तकको साथ रहेको भन्दै स्टेसन म्यानेजर बिजयसिह भारतिले सबैलाइ धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा रेडियोलाई जनमुखी र प्रभावकारी ढगंले संचालन गर्ने उहाँको भनाई छ । सामुदायिक रेडियो कृपालु ९९ मेगाहज दैनिक बिहान ५ बजे देखि बेलुका ११ बजेसम्म खोजमुलक समाचार, सुचना र मनोरञ्जन सामग्रि प्रशारण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय