ट्रेन्डीङ्ग

गंगा माध्यमिक विद्यालय नौबहिनी गाउँपालिका-६, बहानेले ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस २०८२ को समुद्घाटन भएको छ ।

गंगा माविका संस्थापक प्रधानाध्यापक टिकाराम शर्मा रिजालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन समारोहमा छात्रवास निर्माण सहयोगार्थ विद्यालयको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको बैंक खाताको क्युआर समेत उहाँले सार्वजनिक गर्नुभएको छ ।

 

क्युआर सार्वजनिक भएसङ्गै विद्यालयका प्रधानाध्यापक मोहन ज्ञवालिले २५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्नुभएको छ भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद घिमिरेले ११ हजार १ सय ११ रुपैयाँ जम्मा गर्नुभएको छ ।

२ दिनसम्म सञ्चालन हुने कार्यक्रममा जग्गा तथा चन्दादाताहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, पुर्व विद्यार्थी/शिक्षक मिलन कार्यक्रम, लोकनृत्य प्रतियोगितासङ्गै विविध सांस्कृतिक कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

 

कार्यक्रममा पुर्व विद्यार्थी, शिक्षक, अभिभावक लगायतका अन्य समाजसेवी तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय