ट्रेन्डीङ्ग

शुक्रबार काठमाडौं स्थित तिनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा सुरेश रजकको हत्या भएको थियो । हत्या र सञ्चार माध्यमहरुमा माथी पुऱ्याएको क्षतिका विरुद्धमा पत्रकार महासंघ सङ्गै आम सञ्चार माध्यमहरुले देशभर बिरोध प्रदर्शन गरेका छन् ।

शनिबार बिहान बिजुवारको मित्रमणी चोकमा प्युठान शाखाले पनि उक्त घटना प्रती खेद प्रजट गर्दै विरोध सभा सप्पन्न गरेको छ । राजाबादीको नाममा अराजक समुहले निजि घरहरुमा आक्रमण, तोडफोड र लुटपाट मच्चाउने देखि पत्रकारलाई जिउदै जलाउने कार्य निन्दनीय रहेको भन्दै देशभरका सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् ।

शोक तथा विरोध सभामा पत्रकार र मिडिया माथि राजतन्त्रवादीहरुको हेर्ने दृष्टिकोण अहिले पनि निसानामा पर्नु लोकतन्त्रको न्युनतम मुल्यमान्यताका बिरुद्धको आक्रमण रहेको भन्दै प्रगतिशील पत्रकार संघका अध्यक्ष, प्रज्वल पहाडी, प्रेस युनियनका अध्यक्ष मधुसूदन भण्डारी, प्रेस चौतारी प्युठानका उपाध्यक्ष राम बहादुर विश्वकर्मा, पत्रकार महासंघ पुर्व अध्यक्ष सञ्जय रिजाल लगायतले मन्तव्य सहित उचित क्षतिपूर्ति माग समेत गर्नुभएको थियो ।

चैत १६ गते महासंघको स्थापना दिवसको अवसरमा आयोजना गरिएका निर्धारित कार्यक्रमहरु स्थगित गरि शोक तथा विरोध सभा गर्नुपरेको अध्यक्ष श्रीराम भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय