
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ४ कोठे विद्यालय भवन शिलान्यास भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौबहिनी गाउँपालिका-७, गोगनपानीमा नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले भवनको शिलान्यास गर्नुभएको हो ।
भवन ६७ लाख पचहत्तर हजार ५ सयमा एन के निर्माण सेवाले गत महिना ठेक्का पारेर काम सुरु गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभएको छ ।
काम ३ महिना भित्र सम्पन्न गरेर जेठ मसन्तसम्म विद्यालयलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीका प्रोपाईटर सरद सुवेदीले बताउनुभएको छ । शिलान्यास कार्यक्रमको अवसरमा विद्यालय भवन निर्माण गर्ने आवश्यक पर्ने जग्गा दिएकोमा स्थानीय जग्गादाता लुक बहादुर खड्कालाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको ।
विधालय भवन शिलान्यासको अवसरमा उक्त विद्यालय अनुगमन गरि अपुग कक्षाकोठामा पठनपाठन गराउन परेको समस्या र जिर्ण कार्यालयको सुधारका निम्ति गाउँपालिकाले विशेष ध्यान दिने गाउँपालिका अध्यक्ष थापाले बताउनुभएको छ ।
शिलान्यास कार्यक्रममा नौबहिनी गाउँपालिका ७ का वडा अध्यक्ष रोम प्रसाद बुढाथोकी, पुर्वाधार शाखा प्रमुख विस्णु पुन, नौबहिनी गाउँपालिका ७ का प्राविधिक रोषन साउद, स्थानीय बुद्धिजीवी, विद्यालयका प्रधानाध्यापक लगायत अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यसअघि गाउँपालिकाको ५ नं. वडा स्थित गावै माध्यमिक विद्यालयको भवन शिलान्यास भइसकेको छ भने यस वर्ष नौबहिनी गाउँपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३ वटा ४ कोठे भवन परेको छ ।