ट्रेन्डीङ्ग

२१ पौष, २०८१_प्यार अलि खान_प्युठान 

प्यूठान प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ । विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना नतिरेर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियाननै चलाईएको प्यूठान प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले जानकारी गराए ।

पछिल्लो ३ महिनामा विभिन्न मुद्दामा दोषी ठहर भएका २१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी गराएको छ । विभिन्न आपराधिक घटनामा संलग्न भएर दोषी ठहर भई फरार प्रतिवादहरुलाई पक्राउ गर्न विशेष सक्रियता बढाईएको डिएसपी बस्यालले बताए।
सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दा तर्फ १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

‘कैद तथा जरिवाना भुक्तान नगरी भागेकाहरुलाई धमाधम पक्राउ गर्दै आएका छौं।’ डिएसपी बस्यालले भने, ‘फरार प्रतिवादीलाई कानुनको दायरामा ल्याई पीडितलाई न्यायको प्रत्याभूति दिलाउँछौ ।’ सजायको प्रकृति जतिसुकै सानो भएपनि तोकिएको सजाय भोग्नै पर्ने कानुनी मान्यता बमोजिम पक्राउ अभियानलाई निरन्तरता दिइने प्यूठान प्रहरीले जनाएको छ ।

पहिले धरौटीमा छुटेपनी अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु लुकीछिपी बस्ने गरेको प्रहरीको भनाई छ। कैद तथा जरिवाना भुक्तान नगरी भागेकालाई गोप्य सूचनाको आधारमा पक्राउ गरिने प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय