गायक कुशल बिश्वकर्मा र सरिता घर्तिमगरको आवाजमा नया गिति संग्रह बुझ्ने मान्छेलाई म्युजिक भिडियो रिलिज भएको छ । माया प्रेममा आधारित गितको भिडियोमा निर्मल सुनार र कबिता गिरिको अभिनय रहेको छ भने अमृत रसाइलि, पवित्रा सुनार र अनिल गिरिले साथ दिएका छन ।
निर्मल सुनारको शब्द संकलन र कुशल विश्वकर्माको लयमा रहेको गित मालश्री रेकर्डिङ स्टुडियोबाट तयार गरिएको यस गीतको छायांकन प्युठान जिल्लाको गौमुखी गाउँपालिका र झिम्रुक गाउपालिकामा छायाङ्कन गरिएको छ ।
विशाल बैरागीको निर्देशन, वीरेन्द्र परियारको छायाङ्कन, चेतन सामतको सम्पादनमा तयार गरिएको गिति संग्रह के.एस.आर. मुभि प्रा.लि.ले तयार गरेको हो । यो म्युजिक भिडियो कुशल बिश्वकर्मा अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो रिलिज भएको २४ घण्टा नपुग्दै म्युजिक भिडियोले अत्याधिक भ्युज बटुल्न सफल भएको छ ।
एउटा प्रेमिकाले दुई जना युवक संग माया प्रेममा रहेको भिडियोमा देखाइएको छ भने पछि एउटा युवकसंग डेटिङ बसिरहेका बेला अर्का युवकले भेटेपछि दुबै जनाले प्रेमिकालाई छोड्न बाध्य हुनुपरेको बिछोड समेटिएको छ ।