ट्रेन्डीङ्ग

नौबहिनीमा USAID किशोर किशोरी प्रजनन स्वास्थ्य पालिका स्तरीय समिक्षा बैठक तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । मंगलवार मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र नेपालको प्राविधिक सहयोग तथा नौबहिनी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय बैठक सङ्गै हिंसा विरुद्धको समापन कार्यक्रम गरिएको हो ।

समिक्षा बैठकको सहजीकरण (USAID ARH PROGRAMME) मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका जिल्ला प्रोजेक्ट म्यानेजर प्रतिभा पाण्डेले गर्नुभएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको प्रस्तुतीकरण प्रत्येक वडाबाट सहभागी महिला सञ्जालका संयोजक तथा नौबहिनी गाउँपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख राधा बस्नेतले गर्नुभएको थियो ।

“Towards 30 years of the Beijing Declaration and platform for Action : UniTE to End Violence against Women” भन्ने अन्तरास्ट्रिय नारा र ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु भएको कार्यक्रमको आज समापन भएको छ ।

नौबहिनी गाउँपालिकाले बहाने बजारमा विभिन्न नारा लेखिएका पम्प प्लेट र पञ्चेबाजाको र्‍याली सहित बजार परिक्रमा गरेर उद्घाटन गरिएको कार्यक्रम ८ वटै वडामा विभिन्न कार्यक्रम गरि मनाइएको हो ।

नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विस्ना थापाको प्रमुख आतिथ्यता रहेकोे थियो भने मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अन्य सहजकर्ता, विभिन्न क्लब तथा समुहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो ।

तस्बिरहरु :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय