ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकामा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको उद्घाटन गरिएको छ ।
“Towards 30 years of the Beijing Declaration and platform for Action : UniTE to End Violence against Women” भन्ने अन्तरास्ट्रिय नारा र ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु सुरु भएको छ । नौबहिनी गाउँपालिकाले बहाने बजारमा विभिन्न नारा लेखिएका पम्प प्लेट र पञ्चेबाजाको र्‍याली सहित बजार परिक्रमा गरेको हो ।

अभियानका माग तथा पम्प प्लेटहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्ने, हक अधिकार सुनिश्चितता हुनुपर्ने लगायत रहेका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको र गाउँपालिका यी र यस्ता विषयमा सकारात्मक रहेको बताउनुभएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले महिला हिंसा, यसको सुरुवात र बढ्दो नकारात्मक मानसिकता लगायतका विषयमा जानकारी दिदै हिंसा अन्त्यका लागि सबै पक्षको एकरुपता हुन जरुरी भएको बताउनुभएको थियो । भने राजनैतिक दल र महिला सञ्जालको तर्फबाट समेत हिंसा अन्त्यका लागि सचेतनामुलक र युवा शसक्तिकरण सम्बन्धि कार्यक्रमहरु गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

पालिकाको सेडुअल अनुसार मङ्गलबार देखि नौबहिनीका १ देखि ८ वटै वडामा वडा स्तरीय महिला सञ्जालको आयोजनामा विभिन्न कार्यक्रमहरु हुने नौबहिनी गाउँपालिका महिला तथा बालबालिका शाखा राधा बस्नेतले जानकारी दिनुभएको छ ।

नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा राजनैतिक दल, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा नौबहिनी क्षेत्रमा महिलाहरुको उत्साहजनक सहभागिता रहेकोे थियो ।

                                तस्बिरहरु :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय