
नौबहिनीले मावी स्तरीय वक्तृत्वकला प्रतियोगिता गरि विश्व बाल दिवस मनाएको छ । नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयद्वारा आयोजित विश्व बाल दिवस २० नोभेम्बर २०२४ को अवसरमा आयोजना गरिएको वालविवाह र यसले शिक्षा , समाज र रास्ट्रमा पार्ने असर बिषयक मा. वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा नौबहिनी-५, स्थित गावै मा. वि. की छात्रा वासना के. सी. प्रथम, नौबहिनी-६, स्थित गंगा मा. वि. की छात्रा जानकी सुनार द्वितीय, नौबहिनी-४, स्थित दुर्गा मा. वि. का छात्र शिवु गिरि तृतीय र नौबहिनी-७, स्थित ने. रा. मा. वि. का छात्र मान बहादुर पुनले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजेता प्रतियोगिहरुलाई क्रमशः १०, ७, ५ र ३ हजार नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्ष तथा गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष विस्ना थापाको विशेष आतिथ्यतामा सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख राधा बस्नेतले गर्नुभएको थियो ।