ट्रेन्डीङ्ग

देउराली युवा क्लव नौबहिनी गाउँपालिका-५, डाम्री प्युठानको आयोजनामा भएको क्लवको १८ औं स्थापना दिवस तथा शुभ दिपावलि विशेष खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम सङ्गै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम-२०८१ सप्पन्न भएको छ ।
कार्तिक २१ गते नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम कार्तिक २५ गते सम्पन्न भएको हो ।

क्लवले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर सेवा २ सय २५ जनाले सेवा लिएका थिए । स्वास्थ्य सेवाका लागि डामृ स्वास्थ्य चौकीकी इन्चार्ज सि. अनमी कमला कुमारी बस्नेत, अहेव भिममाया गुरुङ र अनमी सुस्मिता रोका मगर निरन्तर सेवामा खट्नुभएको थियो । कार्तिक २४ गते स्वास्थ्य कार्यालय प्युठानमा कार्यरत जनस्वास्थ्य निरीक्षक राजु खड्काले समेत विशेष स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो भने कार्तिक २१ र २४ गतेका दिन नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्मा समेत सेवामा खट्नुभएको थियो ।

क्लवले आयोजना गरेको पुरुष भलिबल प्रतियोगिता तर्फ सकृय शान्ति युवा क्लव सिमेगिठा रोल्पा प्रथम, जौली पोखरी युवा क्लव सिर्प रोल्पा द्वितीय, देउराली युवा क्लव डाम्री प्युठान तृतीय र ग्रामीण विकास युवा मञ्च थात्रा प्युठानले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा सहभागी भइ विजेता टिमहरुले क्रमशः ४०, ३०, २० र १० हजार नगद पुरस्कार सहित ट्र्फि, मेडल र प्रमाणपत्र समेतको व्यवस्था गरिएको थियो ।

महिला भलिबल प्रतियोगिता तर्फ लिस्ने राज्य पोखरी युवा क्लव तेवाङ रोल्पा प्रथम, देउराली युवा क्लव डाम्री प्युठान द्वितीय, शिव सिद्ध युवा समुह खद्दर रोल्पा तृतीय रदेउराली युवा क्लव डाम्री प्युठानले सान्त्वना स्थान प्राप्त गरेका थिए भने पुरस्कार राशि क्रमश: २०, १५, १० र ५ हजार नगद पुरस्कार सहित ट्र्फि, मेडल र प्रमाणपत्र समेतको व्यवस्था गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगिता तर्फ सकृय शान्ति युवा क्लव सिमेगिठा रोल्पा प्रथम, न्यु जेनेरेशन युथ ग्रुप डाम्री गावै प्युठान द्वितीय र जौली पोखरी युवा क्लव सिर्प रोल्पाले तृतीय स्थान प्राप्त गरेका थिए भने विजेता समुहलाई क्रमशः १२, ८ र ५ हजार नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।
यस्तै एकल नृत्य प्रतियोगिता तर्फ जेनिशा घर्ती मगर प्रथम, सिमा जि. सी. द्वितीय र मनिषा घर्ती मगरले तृतीय स्थान प्राप्त गरेका छन् भने क्रमशः ८, ५ र ३ हजार नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

पुरुष भलिबल अनुशासन तर्फ ग्रामीण विकास युवा मञ्च थात्रा, प्युठान र महिला भलिबल तर्फ शिव सिद्ध युवा समुह खद्दर रोल्पालाई नगद पुरस्कार र प्रसंशा पत्र प्रदान गरिएको थियो ।

पुरुष भलिबल प्रतियोगिताको वेस्ट स्पाइकर सकृय शान्ति युवा क्लव सिमेगिठा रोल्पाका विशाल पुन मगर, वेस्ट सेटर सकृय शान्ति युवा क्लव सिमेगिठा रोल्पाकै सुशील घर्ती मगर, वेस्ट सर्भर जौली पोखरी युवा क्लव रोल्पाका भुपेन्द्र जि. सी. र वेस्ट लिवेरो देउराली युवा क्लव डाम्री प्युठानका सोभाराम रोका मगर छनोट भएका थिए भने उनिहरुलाई नगद पुरस्कार, गोल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

महिला भलिबल प्रतियोगिता तर्फ वेस्ट स्पाइकर लिस्ने राज्य पोखरी युवा क्लव तेवाङ रोल्पाकी गायत्री रोका मगर, वेस्ट सर्भर तर्फ सोही क्लवकै आरिया घर्ती मगर र वेस्ट देउराली युवा क्लव डाम्री प्युठानकी वेमसरा घर्ती मगर छनोट भएका थिए भने उनिहरुलाई पनि नगद पुरस्कार, गोल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

कार्यक्रम उद्घाटन र समापन समारोहका प्रमुख अतिथि नौबहिनी गाउँपालिका दिल बहादुर थापा, विशेष अतिथि नौबहिनी गाउँपालिका ५ नं. वडा अध्यक्ष दलराज पुन मगर, नौबहिनी गाउँपालिका ५ नं. पुर्व वडा अध्यक्ष अन बहादुर घर्ती मगर र अन्य अतिथिहरुमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य पिम बहादुर पुन मगर, नेपाली काङ्ग्रेस नौबहिनी गाउँपालिका उप-सभापति बसन्त जि. सी., नेविसंघ प्युठानका उपाध्यक्ष रुकमान रोका क्षेत्री, नेरामावि डामृका प्र.अ. नर बहादुर घर्ती मगर अन्य पत्रकार, सुरक्षाकर्मी, खेलाडी, ज्येष्ठ नागरिक लगायतका अतिथिहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय