ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले आगामी १३ फागुन २०८० देखि राष्ट्रिय दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।

देशव्यापी अभियानअन्तर्गत प्युठानको नौबहिनी गाउँपालिकाले शुक्रबार पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम मार्फत सम्बन्धित निकायलाई जानकारी गराएको छ । खोप अभियान पालिकाको आर्थिक सहयोगमा अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानबारे स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीसँग भएको अभिमुखीकरण कार्यक्रममा नौबहिनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले पालिकाका ३६ सय १४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य बताउनुभयो । जसमा ९ महिना देखि ५ वर्ष भित्रका उमेर समूहका सबै बालबालिकाले खोप सेवा लिनेछन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ वर्षदेखि दादुरा खोप र विगत १२ वर्षदेखि रुबेला खोप सयुक्त रुपमा सञ्चालन गर्दै आएको छ । हरेक ४ वर्षमा खोप अभियान सञ्चालन हुन्छ । सरकारले सन २०२६ सम्ममा नेपालबाट दादुरा र रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय