नौबहिनी गाउँपालिका प्युठानको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी गाउँपालिका-६, लुङ्ग बाहानेको गंगा माध्यमिक विद्यालयले जितेको छ ।
गत वर्षको दोस्रो रनिङ शिल्ड प्रतियोगितामा पनि गंगा माविले नै उपाधी जितेको थियो । यसवर्ष गंगा माविले ७ स्वर्ण, ५ रजत र ५ कास्य गरि कुल १७ पदक जितेर प्रथम स्थान ओगटेको हो ।
यस्तै प्रतियोगितामा दुर्गा मावी नौबहिनी-४ खबङ्ग दोस्रो स्थानमा आएको छ । दुर्गा माविले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरि कुल ११ पदक लिएर दोस्रो स्थानमा आएको हो ।
यस्तै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेस्रो स्थानमा आएको छ । नेरा माविले ३ स्वर्ण, १ रजत र ७ कास्य गरि कुल ११ पदक लिएर तेस्रो स्थानमा आएको हो ।
प्रतियोगिताको मार्चपासमा श्री गावै मावी नौबहिनी-५, डाम्री गावैले उत्कृष्ट स्थान ओगटेको छ ।
पौष १३ गते शुक्रबार देखि सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिता आज १६ गते सोमबार सम्पन्न भएको हो ।
लगातार २०७९ र ०८० मा दुई वर्ष उपाधी हात पारेको हो भने प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भने दुर्गा मावी खबाङ्गले हात पारेको थियो ।