केहि दिन पहिले रोल्पामा प्रहरी हवल्दार कुटीएको खवर आयो । आमसञ्चारका माध्यममा यो समाचारले राम्रै स्थान पायो । हुनपनि प्रहरी समेत सुरक्षीत छैनन र कुटिपर्ने अवस्था हुदोरहेछ । केहि समयपछी यस्तो खवर आयो थुतुनो सम्हाल्न नसक्दा रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताबाट कुटिए प्रहरी हवल्दार
बास्तविकता यस्तो रहेछ ।
त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन् ।
प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको छ । प्रहरीका अनुसार उहाँको टाउको तथा शरीरका विभिन्न भागमा घाउ, खत तथा निलडाम छन् ।
घर बिदामा जाँदै गर्नुभएका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले सेतोपाटीलाई जानकारी दिनुभएको खवर छ ।
केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित हुनुभएको थियो । डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवल स्थित दंगामा सरूवा भइ जाँदै हुनुहुन्थ्यो ।
बाँठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो । मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो ? भनेर सोधेपछि उनीहरू आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको छ ।
प्रहरी हवल्दार बाँठा मोटरसाइकल रोकेर पसलमा केही सामान किन्न गएका रहेछन् । डिएसपी घिमिरेका अनुसार त्यही क्रममा माओवादी सबै हरूवाहरू किन यहाँ बसेका छौं भनेपछि आक्रमणमा उत्रिएको भन्ने खुलेको छ ।
हवल्दारमाथी कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको कुरा खुल्न आएको छ । ‘प्रहरी हवल्दार बाँठाले तिमी हरूवा माओवादी भनेपछि किन हामीलाई हरूवा भन्ने भन्दै उनीहरू एकाएक जाइलागेको भन्ने छ ।
पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन् ।
घटनापछि दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीले प्रहरी हवल्दार बाँठालाई उल्टै दुई घन्टा थुनामा राखेको तथा आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई अटो रिक्साबाट घरतर्फ पठाएको आरोप बाँठाको छ ।
घटनाबारे छलफल तथा अनुसन्धान जारी रहेको रोल्पा प्रहरीले जनाएको छ । सेतोपाटीबाट साभार ।