ट्रेन्डीङ्ग

आदिवासी जनजातीहरु मध्य खेती किसानी गरि हाम्रो भुमिलाई योग्य बनाउने जाति मगर जाती भएको गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर राना मगरको भनाइ छ ।आदिवासी जनजाती सञ्जाल गौमुखी गाउँपालिकाको आयोजना र आदिवासी जनजाती महासंघ गौमुखी गाउँपालिकाको सह-आयोजनामा मनाइएको २९ औं विश्व आदिवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै राना मगरले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो “किनभने हाम्रो धेरै ठाउँ र बस्तिहरुका नाम मगर भाषाबाटै नामाकरण गरिएको छ, यसकारण पनि मगर जातिले योग्य भुमी बनाएको इतिहास छ ।”

आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ गौमुखी गाउँपालिका, प्युठानमा पनि संयुक्त रुपमा मनाएका छन् ।

विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती सञ्जाल र महासंघको नेतृत्वमा आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा गाउँपालिकाको सभाहलमा दिवस मनाएका छन् ।

दिवसको अवसर पारेर गरिएको कार्यक्रममा शुभकामना आदानप्रदान र विभिन्न जाति र समुदायको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको थियो ।यस्तै आज देशभर आदिवासी जनजातिहरू बीच २९ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

फोटो फिचर :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय