ट्रेन्डीङ्ग

मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैन तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइन्छ ।

मूलाको पातमा भिटामिन ए, बी र सी पाइनुका साथै क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पाइन्छन् । जुन पेटका लागि फाइदाजनक हुन्छ ।

मूलाको पातको प्रयोग रोटी बनाउनमा गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ र थकान महसुस हुँदैन ।

पाइल्सजस्ता रोगका लागि मूलाको साग खानु अति उपयोगी मानिन्छ । सधैं यसको साग खानाले यस्तो समस्या समाधान हुनसक्छ ।

यसमा सोडियम पनि हुन्छ र यसले शरीरमा नुनको कमी हुन दिँदैन जसले गर्दा रक्तचापका बिरामीलाई धेरै उपयोगी हुन्छ ।

यसमा फाइबर धेरै हुन्छ त्यसैले कब्जियतबाट जोगाउँछ । यसको रसलाई पानी र मिश्रीमा मिसाएर पिउनाले जण्डिसबाट जोगाउँछ । यत्ति मात्र नभई यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ । एजेन्सिको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय